Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Nepal Gyan

देशभरकै उत्कृष्ट बन्याे पाणिनी गाउँपालिका


काठमाडौँः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वोत्कृष्ट भएको छ । १७ सूचकांकका आधारमा गरिएको मूल्यांकनमा ८३.८४ अंक प्राप्त गर्दै पाणिनी मुलुकभरका पालिकामा पहिलो भएको हो ।

आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अंकसहित दोस्रो, गुल्मीका मालिका गाउँपालिका ८१.९८ अंकसहित तेस्रो र धुर्कोट गाउँपालिका ८०.५२ अंक प्राप्त गरेर चौथो भएका छन् । ६ महानगरपालिकामध्ये काठमाडौं सबैभन्दा कमजोर र विराटनगर सबैभन्दा अब्बल देखिएका छन् । मुलुकभरका ११ उपमहानगरपालिकामध्ये बुटवलको कार्यसम्पादन सबैभन्दा राम्रो र इटहरीको सबैभन्दा कमजोर छ ।

उत्कृष्ट चारमा अर्घाखाँचीको पाणिनी ९८३.८४० सहित रुकुम पश्चिमको चौरजहारी (८२.१५) गुल्मीका मालिका (८१.९८) र धुर्कोट (८०.५२)

१० असारभित्र बजेट सार्वजनिक गरेरनगरेको, तोकिएकै समयमा बजेट पारित गरे नगरेकोलाई आयोगले मूल्यांकनको आधार बनाएको छ । यस्तै आर्थिक वर्ष २०८१–०८२ मा मनोरञ्जन कर, घरजग्गा रजिस्ट्रेसन शुल्क तथा विज्ञापन करबापत संकलित रकमध्ये प्रदेश सरकारलाई दिए नदिएको मापदण्डबाट मूल्यांकन गरिएको छ । स्थानीय तहले ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्छ । आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाउनुपर्छ । कात्तिक मसान्तभित्र बजेट समीक्षा गरी सार्वजनिक गर्नुपर्छ ।

कार्यसम्पादन मूल्यांकनका अन्य सूचकमा विद्यार्थी भर्नादर, विद्यार्थी टिकाउ दर, एसईई नतिजा, बजेट खर्चको व्यवस्था, बेरुजु, सूत्र सफ्टवेयरको प्रयोग, राजस्व परिचालन, गर्भ जाँच गराउने महिला अनुपात, खोप रहेका छन् ।

आयोगका मधेश प्रदेशका अधिकांश स्थानीय तहको कार्यसम्पादन कमजोर छ । धनुषाको धनौजी गाउँपालिकाले ३१.८१ अंक मात्र पाएको छ । महोत्तरीको सोनमा गाउँपालिकाले ३५ अंक पाएको छ । रौतहट फतुवा विजयपुर नगरपालिकाको ३५।४१ अंक छ । रौतहटकै वृन्दावन नगरपालिकाको ३१.६९ अंक छ । सोही जिल्लाको देवाही गोनाही नगरपालिकाले ३०.९१ अंक पाएको छ । पर्साको धोबिनी गाउँपालिकाले ३२.८८ अंक पाएको देखिन्छ । मधेश प्रदेशका कतिपय पालिकामा चालु आर्थिक वर्षको बजेटसमेत प्रस्तुत भएको छैन ।

उपमहानगरपालिकातर्फ बुटवलले सबैभन्दा बढी ६४.४४ अंक प्राप्त गरेको छ । इटहरी ३८.९६ अंक ल्याएर पुछारमा परेको छ । धरानले ४९.७६ अंक पाएको छ । महानगरपालिकामध्ये सबैभन्दा कमजोर काठमाडौंले ४४.९७ अंक पाएको छ । सबैभन्दा धेरै विराटनगरको ७८.११ अंक छ । ललितपुरले ७६.३३, भरतपुरले ६८.०४, पोखराले ५४.७६ र वीरगन्जले ५४ अंक प्राप्त गरेका छन् ।

प्राप्त अंक चित्त नबुझे आवश्यक आधार र प्रमाणसहित स्थानीय तहले ७ दिनभित्र पुनरावलोकनका लागि तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् । यसका लागि आयोगले बिहीबार नै सूचना जारी गरेको छ । मुलुक संघीय प्रणालीमा गएपछि प्राकृतिक एवं वित्तीय स्रोतको न्यायोचित वितरण गर्न आयोग गठन गरिएको हो ।


क्याटेगोरी : समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!