Techie IT
  • २५ माघ २०८२, शनिबार
Nepal Gyan

सरकारले गर्‍यो ३३३ विदेशी नागरिक निष्कासित


काठमाडौँ। पर्यटक र व्यावसायिक भिसामा भित्रिएर गैर कानुनी गतिविधि गरेको आरोपमा पछिल्लो ६ महिनामा ३ सय ३३ जना विदेशी नागरिकलाई सरकारले पक्राउ गरी निष्कासित गरेको छ ।
एउटा प्रयोजनमा भिसा लिएर नेपालको कानुनले वर्जित गरेका अन्य गतिविधि गरेको आरोपमा अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएकामा जरिवाना असुल गरी तोकिएको अवधिसम्म पुनः नेपाल आउन नपाउने गरी निष्कासन गरेको हो ।

साउन २०८२ देखि पुस मसान्तसम्म ६ महिनामा पक्राउ परेका विदेशी नागरिकहरूमा ‘म्यारिज ब्युरो’ खोलेर रकम असुल गरी नेपालबाट महिलालाई चीन पठाउनेदेखि क्रिस्चिन धर्म प्रचारप्रसारमा संलग्नसम्मका व्यक्ति रहेको विभागले जनाएको छ । सन् २०२५ को एक वर्षमा निष्कासन गरिएका विदेशी नागरिकको सङ्ख्या ५ सय १ थियो ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले पक्राउ परेकाहरूमा अध्यागमन कानुन उल्लङ्घन गर्नेदेखि अन्य फौजदारी कसुरमा संलग्नसम्मका रहेको बताए । ‘तोकिएको भिसा अवधि गुजारेर गैर कानुनी रूपमा बसोबास गर्दै आएकादेखि अरू फौजदारी कसुरसमेतमा संलग्न ३ सय ३३ जनालाई विभागले नियन्त्रणमा लिएकामा केहीलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा बुझाइएको छ,’ निर्देशक ढकालले भने । बाँकी सबैलाई निश्चित अवधिसम्म नेपाल प्रवेश गर्न नपाउने गरी उनीहरूकै देशमा निष्कासन गरिएको छ ।

 


क्याटेगोरी : समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!