Techie IT
  • ४ फागुन २०८२, सोमबार
Nepal Gyan

शेर्पा समुदायमा राजनीतिक उपस्थिति शून्य भयो: अध्यक्ष शेर्पा


काठमाडौंः नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे शेर्पाले पछिल्लो समय शेर्पा समुदायमा राजनीतिक उपस्थिति शून्य भएको बताएका छन् । शेर्पा सञ्चार समूह नेपालले ग्याल्पो लोसारको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा यस्तो बताएका हुन्।

शेर्पाले आसन्न निर्वाचनमा शीर्ष दलले शेर्पा उम्मेदवारलाई प्राथमिकतामा राखेको नपाइएको उनको भनाई छ । केही समय अघिसम्म जिप छिरिङ शेर्पा, कृपापुर शेर्पा लगायतका नेताहरूको उपस्थिति भए पनि पछिल्लो समय शून्य नै भएको बताए । ‘पोलिटिकल ग्याप धेरै भयो अव यो विषयलाई गम्भीर रूपमा हाम्रो समुदायले लिनु जरुरी छ उनले भने, । २०८२ फागुन २१ गतेको निर्वाचनमा सङ्खुवासभाबाट मिङमा शेर्पा र सोलुखुम्बुबाट लाक्पा शेर्पाले मात्र उम्मेदवारी दिएका छन् । बाँकी क्षेत्रमा शून्य नै छ ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले मूलधारका मिडिया जनजातिमैत्री नभएको बताए। आफूले लामो समय पत्रकारिता गरेको अनुभव सुनाउँदै अध्यक्ष थापाले पछिल्लो समय भासाभासीलाई स्थान दिए पनि ती जनजातिको मुद्दा स्थापनाका लागि पर्याप्त नभएको बताए।

कार्यक्रममा ‘शेर्पा समुदायको धर्म, भाषा, कला, संस्कृतिको संरक्षण र अधिकार पहिचानका लागि मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो। अन्तरक्रियामा पत्रकार छेटु शेर्पा, आचार्य पासाङ नुर्बु शेर्पा, संविधानसभा सदस्य आङदावा शेर्पाले धारणा राखेका थिए।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घकी अध्यक्ष ङिमी शेर्पा, नेपाल बौद्ध महासङ्घका अध्यक्ष नुर्बु थेन्डु शेर्पा, ग्लोबल शेर्पा सङ्घका उपाध्यक्ष आङ गेल्मु शेर्पा, श्री बौद्धनाथ क्षेत्रनाथ विकास समितिका सदस्य रगबा शेर्पा, नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा, वरिष्ठ पत्रकार कुमार यात्रु तामाङलगायतले धारणा राखेका थिए।
शेर्पा सञ्चार समूहकी अध्यक्ष डोल्मा शेर्पाले सञ्चार क्षेत्रमा शेर्पा समुदायको उपस्थिति कमजोर रहेको बताइन्। यस क्षेत्रमा समुदायको आकर्षण र दक्षता बढाउन समूहले पत्रकारिता तालिमदेखि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाई थियो। शेर्पा लगायत बौद्धधर्मालम्वीहरुले फागुन ६ गते ग्याल्पो लोसार मनाउँदै छन्।


क्याटेगोरी : राजनीति, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!