Techie IT
  • २६ माघ २०८२, आईतबार
Nepal Gyan

नयाँ दल घोषणा गर्दै वामदेव गौतम


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन्। उनले मंगलबार दिउँसो नयाँ दल घोषणा गर्न पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) राख्ने बताइएको छ। पार्टीमा संयोजक वामदेव गौतम, सचिव डीबी कार्की र प्रचार विभाग प्रमुखमा निमकान्त पाण्डे रहने भएका छन्। ​

रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको नामसहित औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए। ​

‘वामदेव गौतमको संयोजकत्वमा गत १२ गते चन्द्रागिरि रिसोर्टमा बैठक बस्यौं, त्यो बैठकले बसेका निर्णयहरु पनि सार्वजनि गर्नेगरी आज पत्रकार सम्मेलन आयोजना गरिएको हो,’ उनले नेपालखबरसँग भने।

पार्टीमा ६९ जना केन्द्रीय सदस्य रहनेगरी व्यवस्था भएको उनले बताए। पार्टीको सचिवालय ९ सदस्यीय हुनेछ।

त्यस्तै सल्लाहकार समिति र राष्ट्रिय परिषदसमेत गठन गरिने उनले जानकारी दिए।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:१५
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:३३
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!