Techie IT
  • २६ माघ २०८२, आईतबार
Nepal Gyan

‘मन्त्रीहरूले राजीनामा पत्र बुझाइसकेका छन्, कुनैपनि बेला सार्वजनिक हुन्छ’


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन्।

आइतबार अखिल नेपाल महिला संघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरूले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका हुन्।

मन्त्रीहरूले राजीनामा पत्र बुझाउँदै पार्टीले आवश्यकता अनुसार सो पत्र बाहिर ल्याओस् भनेको उनले जानकारी दिए। उनले सो राजीनामा पत्र गोजीमा लिएर हिँडिरहेको भन्दै कुनैपनि बेलामा सो पत्र सार्वजनिक गर्ने उल्लेख गरे। अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले पनि आफूलाई राजीनामा पत्र पठाउनेमा विश्वास व्यक्त गरे।

नेपालले मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै सो आधारमा सरकारले तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने बताए।

अध्यक्ष नेपालले गठबन्धन सरकारलाई निरन्तरता दिइने पनि बताए। उनले गठबन्धन सरकार कायम रहने उल्लेख गर्दै गलत कुराका विरुद्धमा भने संघर्ष गर्ने बताए।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:१५
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:३३
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!