Techie IT
  • १० जेठ २०८२, शुक्रबार
Nepal Gyan

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौं । साप्ताहिक कारोबारको पाँचौं दिन (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ।

यसअघि बुधबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको थियो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो।

बिहीबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको थियो। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!