नेपालले एकै ओभरमा लियो २ विकेट

विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिमा स्कटल्यान्डविरुद्धको खेलमा नेपालले एकै ओभरमा २ विकेट लिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ३४ ओभरमा दीपेन्द्र सिंह ऐरी र करन केसीले नेपालको लागि थप २ विकेट लिए।
दीपेन्द्र सिंह ऐरीले नेपालको लागि छैटौँ विकेट लिएका छन्। ३४.३ ओभरमा दीपेन्द्रले म्याथ्यू क्रसलाई रन आउट गर्न सफल भए।
करन केसीले नेपालको लागि सातौँ विकेट लिए। ३४.५ ओभरमा करनले माइकल लिस्कलाई शून्य रनमा पभिलियन फर्काए।
जारी खेलमा ३५.४ ओभरमा स्कटल्यान्डले ७ विकेटको क्षतिमा १७६ रन बनाएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया