उपचारका क्रममा सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधबार राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
माननीय भण्डारी र उनकी आमालाई उपचारको लागि मुम्बई लैजाने तयारी गरिरहेको बखत आमाको निधन भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा।निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरिन्।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए।
आमाको शरीर ७० प्रतिशत भन्दा बढी जलेको अस्पतालले जनाएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया