काठमाडौंको फोहोर अर्को हप्तासम्म उठिसक्छ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंमा थुप्रिएको फोहोर अर्को हप्तासम्म उठिसक्ने बताएका छन्। फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने उनले बताए।
आइतबार बसेको दोस्रो कार्यपालिका बैठकमा उनले यो समस्या समन्वय र अनुगमन नभएर देखिएको भन्दै समस्या र समाधान दुवै खोजिनुपर्ने बताए।
मेयर शाहले ढल जाम हुन नदिन त्यहाँसम्म पानी नै पुग्न नदिने उपाय गर्नुपर्ने बताए। सडक बनाउँदा छोपेर गर्ने र सडकमा निर्माण सामग्री थुपार्ने कार्य रोक्नुपर्ने उनको भनाइ छ।
यस्ता कार्य गरेको भेटिए वडाले पनि कारबाही गर्नुपर्ने मेयर शाहले बताए।
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया