पद्मा अर्यालको प्रश्न– पाँच महिनादेखि देशकै जेठाे विश्वविद्यालय किन बन्द छ?

काठमाडौं । नेकपा एमालेकी सांसद् पद्मा अर्यालले प्रधानमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति रहेको देशकै जेठो विश्वविद्यालय पाँच महिनादेखि बन्द किन गरिएको भन्द्र प्रश्न गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले उक्त प्रश्न गरेकी हुन्।
‘देशको सबैभन्दा ठूलो र जेठो विश्वविद्यालय विगत पाँच महिनादेखि बन्द छ। बारम्बार सदनमा विषय उठेकै छन्। तर, पनि सरकारको ध्यान जान सकेको छैन,’ उनले भनिन्, ‘बीचमा एकदिन खुलेर फेरि गृहमन्त्रीको निर्देशनमा प्रहरी साँची राखेर विश्वविद्यालय बन्द गर्ने काम भएको भन्ने सुनिएको छ। गृहमन्त्रीको काम बन्द खुलाउने हो कि बन्द गर्ने हो?’
उनले प्रधानमन्त्री कुलपति, र शिक्षामन्त्री सहकुलपति रहेको विश्वविद्यालय यति लामो समय बन्द हुँदा उनीहरू रमिते बनेर हेरिरहेको उनले बताइन्।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया