मुस्ताङको बाक्लो कुहिरोबीच परेको थियो जहाज
जहाज हराएको भनिएको मुस्ताङको लेते क्षेत्र

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ स्थित बाक्लो कुहिरोबीच फसेको खुलेको छ।
जोमसोमतिर जाने क्रममा उक्त जहाज बाक्लो कुहिरोमा फसेपछि निस्किने बाटोको खोजीमा रहेको अवस्थामा बेपत्ता भएको थसाङ गाउँपालिका उपाध्यक्ष सोमल हिराचनले बताएका छन्।
पोखराबाट जोमसोम पुग्ने रुट मै पर्ने घासा क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको उनले बताए।
‘विमान १ डेढ घण्टा अगाडि बादलभित्र परेको देखिएको हो’, उनले नेपालखबरसँग उनले भने,‘बादलभित्र परेकोले कहाँ पुग्यो एकीन छैन। जोमसोम नपुगेपछि हामी खोजी गर्ने कोसिस गरिरहेका छौँ।’
उनले थासाङको वडा नम्बर ४ र ५ मा लागेको बादलकै कारण जहाज हराएको हुन सक्ने बताए।
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे नेतृत्वमा पोखराबाट जोमसोमका लागि यो जहाज बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो।
यो जहाज मुस्ताङको लेते क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको थियो। म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले लेते क्षेत्रमै जहाज बेपत्ता भए पनि अहिलेसम्म अवस्था नखुलेको बताए।
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया