शपथ ग्रहणका लागि प्रचण्ड शीतल निवासमा, ७ मन्त्रीको पनि सँगै शपथ

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन गरी अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनेछन् ।विष्णु पौडेलले अर्थ, रविले गृह तथा नारायणकाजीले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय पाउने तय भएको छ ।
यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानलाई आजै सरकारमा सहभागी गराउने तय भएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया