Techie IT
  • २६ माघ २०८२, आईतबार
Nepal Gyan

दोलखा ः प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको अग्रता


दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ । हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उहाँले पाँच हजार ३५ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले दुई हजार नौ सय २८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको प्रदेशसभा (१) मा आठ हजार एक सय ४३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले चार हजार तीन सय ४२ मत तथा एमालेका नरबहादुर श्रेष्ठले दुई हजार नौ सय ८३ मत ल्याउनुभएको छ ।

प्रदेशसभा (२) मा छ हजार छ सय १६ मतगणना हुँदा कांग्रेसका वर्मा लामाले तीन हजार पाँच सय १५ तथा
एमालेका भरत केसीले दुई हजार पाँच सय ६१ मत प्राप्त गर्नुभएको छ । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनःमतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
–––


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:१५
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:३३
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!