Techie IT
  • २१ माघ २०८२, मंगलबार
Nepal Gyan

कुलमानका प्रतिस्पर्धी राजु पाण्डेको जीत सम्भावना कति ?


काठमाडौं । पछिल्लो समय निकै चर्चा चुलिएको निर्वाचन क्षेत्र हो काठमाडौँ ३ । पार्टीगत भन्दा पनि जेन्जी आन्दोलन र त्यसअघिबाटै सामाजिक सञ्जालहरूमा चर्चा कमाएका व्यक्तिहरू चुनावी मैदानमा उत्रिएका छन् ।

आफ्नो जीत सुनिश्चित भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाको सुरक्षा प्रमुख समेत रहेका राजु पाण्डेलाई उम्मेदवारी बनाएका छन् । पाण्डेले पनि जागिरबाट राजीनामा दिएर सांसद बन्ने भन्दै चुनावमा होमिएका छन् । उनको जीत उनको पार्टीले निश्चित भने पनि चुनावी मैदानमा पुगेर बुझ्दा जीतको सम्भावना कम देखिएको छ ।

घिसिङको चर्चा र उनको कार्यशैली मन पराउने मतदाताहरू यस क्षेत्रमा धेरै देखिएको छ ।

जेन्जी आन्दोलन पछि बनेको अन्तरिम सरकारका ऊर्जा तथा जलश्रोत मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि यसै निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन् । घिसिङको चर्चा र उनको कार्यशैली मन पराउने मतदाताहरू यस क्षेत्रमा धेरै देखिएको छ । अधिकांश मतदाता तामाङ समुदायको भएकाले गर्दा उनको जीत प्रायः निश्चित जस्तै हुने यहाँका मतदाता लाक्पा तामाङ बताउँछन् । सरकारमा ऊर्जा मन्त्री हुँदा समेत उनले जनमुखी र देशको हितकारी काम गरेको भन्दै यस पटकको मतदान घिसिङलाई गर्ने निर्णय लाक्पाको टोलले गरेको बताउँछन् ।

पाण्डेले पनि महानगरमा रहेर सुरक्षा र सार्वजनिक चासोका विषयहरूमा महानगरभित्र अत्यन्त निडर भएर काम गरेको मतदाताहरू सुनाउँछन् । आफूलाई मतदातालेनै जीत निश्चित भएको भनेकाले हार्ने सम्भावना नभएको पाण्डेले नेपालज्ञानलाई बताए ।

चुनावी मैदानमा उत्रिएका उम्मेदवारको दाबी आफ्नै रहे पनि मतदाताको बहुमतको आधार हेर्दा घिसिङको सम्भावना अलि बढी भएको बुझिएको छ । यो क्षेत्रमा यसअघि कहिले कांग्रेस र एमालेले जित्दै आएको छ । तर यस पटक नयाँ दलका उम्मेदवारहरूले चुनौती दिएको भने पक्कै हो ।

एमालेका रामेश्वर फुयाँल, काँग्रेसका रमेश अर्याल, नेकपाका निरज लामाले उम्मेदवारी दिए पनि पुराना दलका उम्मेदवार प्रति कम चासो राखेको पाइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!