बेलिब्रीज जोड्न उत्तरी तातोपानी नाका बन्द गरिँदै

सिन्धुपाल्चोकमा बाढीले गत असोजमा बगाएको भोटेकोशी वडा २ जोड्न लिपिङ् बेलिब्रीज जडान गर्नका लागि केही दिन उत्तरी नाका बन्द गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार नेपाल र चीनका अधिकारीबीच भएको अनौपचारिक छलफल अनुरूप माघ ६ गतेदेखि २५ गतेसम्म नाका बन्द गर्ने तयारी गरिएको हो । यही माघमा अनुमानित १५देखि २० दिन नाका बन्द हुने समय तालिका बनाइरहेको उनले बताए । चिनिँया ल्होसार पर्व आसपास चीनमा पनि सरकारी बिदा हुन्छ ,त्यति खेर बन्द गर्दा दुवैतर्फ व्यापारमा असर नपर्ने भएकोले त्यही वातावरण हेरेर नाका बन्द गर्ने तयारी हुदैछ, यसबारे चिनिँयासँग महत्वपूर्र्ण र आवश्यक छलफल भइरहेको छ, प्रमुख थापाले भने ।
२९ जनवरीमा चिनिँया नयाँ वर्ष प्रारम्भ हुन्छ । त्यतिबेला तिब्बती ल्होसार १५ दिन मनाउने चलन छ । त्यही मौका छोपेर नाका बन्द गर्ने नेपाल पक्षले तयारी गरेको छ । चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले अहिले हिमपायप राखेर ढुंगामाटोले राखेर लिपिङ् र लार्चामा सडक जोडेर चलाइएको जानकारी दिए । गत असोजमा लिपिङ् खोला र भोेटेकोशीमा बाढीले यहाँ मोटरवेल पुल ,बेलिबीज्र बगाएको थियो,लार्चामा सडक यथावत छ ,लिपिङ् बेलिब्रीज जडान गर्न लागिएको हो, नाका जोड्ने वैकल्पिक सडक नभएकाले स्थलमार्ग बन्द गर्नुबाहेक अरु उपाय छैन्, उनले भने । उनका अनुरुप नेपाली पक्षको तयारी बुझेका चिनिँया कन्टेनर व्यवसायीले ल्होसार पर्व आसपास सामान क्यारि नगर्न सुचना जारी गर्दै छन् । यसबारे ट्रान्सपोर्र्ट र व्यापारिक केन्द्रलाई सरकारमार्फत निर्देशन गरिसकेको व्यवसायीले बताएका छन् ।
भूकम्प ,पराकम्पन र बाढीपहिरोपछि नाका खुलाउन पहल भइरहेको बेला ०७३ असार २१ मा भोटेकोसी बाढीले सडक र सीमाका ८० वटा घर बगाएर कोदारी राजमार्ग तहसनहस बन्यो । ०७४ सालमा चिनिँया कम्पनीद्धारा निर्मित लार्चा मोटरवेल पुल माथिल्लो पहाडबाट झरेको सुख्खा पहिरोले थुनिएर भोटेकोशी नदीमा बग्यो । त्यस लगत्तै केही समयपछि बेलिब्रीज जडान गरिएको थियो । यसअघिका बर्खामा क्षति मात्रै भइरहेको लिपिङ् बजार जोड्ने लिपिङ् पुल गत असोजमा लिपिङ् खोलामा आएको बाढीले पुरै बगाएको थियो ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : प्रविधी, विविध, समाचार, समाज, शेयरबजार
प्रतिक्रिया