Techie IT
Nepal Gyan
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकूद
  • प्रविधी
  • राजनीति
  • विविध
  • विश्व
  • समाचार
  • समाज
  • सम्पादकीय
  • स्वास्थ्य
  • २६ माघ २०८२, आईतबार
  • प्रीतिबाट युनिकोड
  • युनिकोड
Nepal Gyan
Nepal Gyan
Nepal Gyan
    • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • अन्तर्वार्ता
    • खेलकूद
    • प्रविधी
    • विश्व
    • स्वास्थ्य
    • विविध

सिचुआन भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता

नेपाल ज्ञान २२ भाद्र २०७९, बुधबार १५:४३

चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् ।
मङ्गलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताएको छ ।यान सहरमा मङ्गलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।
सिचुआन प्रान्तको प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ । त्यसको नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।
भूकम्पको केन्द्रबिन्दू सिचुआन प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । सो भूकम्प १० किलोमिटर गहिराइमा तथा ६।८ म्याग्निच्युडको रहेको पनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले जनाएको छ ।
भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ । भूकम्पले भत्काएकाले यहाँबाट अर्को शहरमा जाने बाटो पनि अवरुद्ध भएको छ । त्यसैगरी मानिसको बसोबास रहेका कैयौँ क्षेत्रमा दूरसञ्चारका लाइनहरू काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ ।
यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार गएकोे भूकम्पका पीडित र प्रभावितको उद्धार कार्य चुस्त रुपमा गर्न निर्देशन दिनुभएको छ । उहाँले यस कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र भूकम्पका प्रभावितहरुको उद्धार र राहातको काममा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिनुभएको छ । –––

क्याटेगोरी : समाचार

प्रतिक्रिया

थप समाचार

पूर्वप्रधानमन्त्रीहरु चुनाव लड्दै, नतिजाको पर्खाइमा आमनागरिक

पूर्वप्रधानमन्त्रीहरु चुनाव लड्दै, नतिजाको पर्खाइमा आमनागरिक

ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

कालोबजारी गर्ने माथि निगरानी, हदैसम्मको कारबाहीको हुने

कालोबजारी गर्ने माथि निगरानी, हदैसम्मको कारबाहीको हुने

निर्वाचनको समयमा उम्मेदवारले बाइक र गाडी दुईवटा मात्र प्रयोग गर्न पाउने, सडक…

निर्वाचनको समयमा उम्मेदवारले बाइक र गाडी दुईवटा मात्र प्रयोग गर्न पाउने, सडक…

करेन्ट चाउचाउ धेरै खानु यस कारण हानिकारक 

करेन्ट चाउचाउ धेरै खानु यस कारण हानिकारक 

कुलमानका प्रतिस्पर्धी राजु पाण्डेको जीत सम्भावना कति ?

कुलमानका प्रतिस्पर्धी राजु पाण्डेको जीत सम्भावना कति ?

धेरै पढिएका

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:१५
पूर्वप्रधानमन्त्रीहरु चुनाव लड्दै, नतिजाको पर्खाइमा आमनागरिक

पूर्वप्रधानमन्त्रीहरु चुनाव लड्दै, नतिजाको पर्खाइमा आमनागरिक

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:०९
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:३३
Nepal Gyan
Inspire Himalayas Initiative Pvt. Ltd.

लक्ष्मीटोल, चाबहिल, काठमाण्डौँ

सम्पादकः कृष्ण कुमारी चौलागाई

लेख/रचनाका लागि सम्पर्क

info@nepalgyan.com

© Copyright 2026 Nepal Gyan - All Rights Reserved.

    • Facebook
    • Twitter
    • Instagram
    • Email

Design with at Techie IT

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode

© Preeti to Unicode

© Nepali Unicode

समाचार खोज्नुहोस

error: Content is protected !!