कुमार र विनोद भोइस अफ नेपालको फाइनलमा प्रवेश

हाल जारी भोइस अफ नेपालको पाँचौ सिजनमा कुमार प्रयास र विनोद राई सिजनको फाइनलमा प्रवेश गरेका छन् । भोइस अफ नेपालको पछिल्लो सप्ताहन्तको एपिसोडबाट यी दुई प्रतिस्पर्धी फाइनलिस्ट बनेका हुन् ।
टिम उदयबाट विवेक बस्नेत र टिन मिलनबाट ट्रीजा प्रधान बाहिरिएसङ्गै दुई प्रतिस्पर्धी कुमार र विनोदलाई अन्तिम चारमा प्रवेश गर्न ढोका खुला भएको छ। अब हुने फाइनलमा एक कोचको समूहबाट एकजनाले प्रतिस्पर्धा गर्नेछन् ।
भोइसको आगामी साता टिम राजेश्बाट मोनिका राई र मक्कर योन्जन, टिम प्रमोदबाट तेन्जिङ डोल्मा र नोगेन लिम्बुमध्ये एकजना फाइनलिस्ट बन्नेछन् ।
सिजनको सेमिफाइनल आगामी साता हुनेछ।
# nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार
प्रतिक्रिया