समस्या समाधान गरौ भन्दापनी वार्तामा नआएको बालेनको दाबी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत मंगलबारदेखि सभागृह अगाडि पर्दर्शनरत अभियन्ताहरुको समस्या समाधानको लागि वार्तामा बोलाउदा नआएको बताएका छन् ।
सोमबार सामाजिक सन्जाल फेस्बुकमा एक पोस्ट राख्दै उनले अभियन्ताहरुलाई वार्तामा आउन र समस्या समाधान गर्न अनुरोध गर्दापनी नआएको उनको दाबी छ।
सामाजिक सन्जालमा उनी लेख्छन् , `बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ ।
के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?´ भन्दै प्रश्न गरेका छन् ।
ई. लगायतका केही मानिसहरु केही दिनदेखी १९९ घण्टा उभिएर राष्ट्रिय सभागृह अगाडि पर्दर्शन गरेका हुन् ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया