चक्रपथ विस्तार ७ वर्ष वित्दा पनि चक्रपथ विस्तारको काम सुरु भएन
काठमाडौँः चक्रपथ दोस्रो खण्ड विस्तारको चर्चा चलेको ७ वर्ष पुग्दा पनि काम सुरु नभएकाबेला तेस्रो खण्डमा भने अहिले कालोपत्रको काम हुँदै छ । तेस्रो खण्ड विस्तारअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डको सात सय मिटरमा एकतर्फी कालोपत्र गरि सकिएको छ । अर्कोतर्फ पनि कालोपत्र गर्ने तयारी हुँदै छ ।
६ फागुन ०८१ म भएको ठेक्का सम्झौता अनुसार काम २५ असार ०८२ भित्र यसखण्डको काम सकिसक्नुपर्ने थियो । उक्त समय भित्र काम नसकिएपछि आगामी १३ फागुनसम्म म्याद हुँदा प्रगति ६५ प्रतिशत छ । तर, उक्त समय भित्र काम सकिने अबस्था भने देखिदैन । सबै निर्माणको काम सकिएर अहिले मुख्य रुपमा कालोपत्रको काम मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने दाबी सडक डिभिजन काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाको छ ।
‘दुईचार दिन तलमाथी होला, तर काम सक्न समस्या छैन,’ उनले भने, ‘मुख्य काम सकिसकेको छ, अब कालोपत्र गर्न मात्र बाँकी छ, एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको छ ।’ ७ सय मिटरमा सडक विस्तारको ठेक्का अम्बुजारएसकेरकाली जेभीले लिएको हो । भ्याट सहित ठेक्का रकम २४ करोड रुपैयाँ रहेको उनले बताए । यसलाई ६ लेनमा विस्तार गरिएको हो ।
क्याटेगोरी : अर्थ, समाज

प्रतिक्रिया