Techie IT
  • ११ फागुन २०८२, सोमबार
Nepal Gyan

३७ करोड ठगी गर्ने संकटा सहकारीका अध्यक्षसहित सातजनाविरुद्ध मुद्दा दायर


काठमाडौंः न्युरोडको पाकोमा रहेको संकटा बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ३७ करोड ठगी गरेको छ। प्रहरीले संस्थाका अध्यक्ष उत्तमबहादुर सिंहलाई पक्राउ गरी ठगी मुद्दा दायर गरेको हो।

सिंहसहित प्रबन्ध सञ्चालक बिन्देश्वर श्रेष्ठ, सञ्चालन समितिका सदस्यहरू प्रवीणमान सिंह, रीनादेवी श्रेष्ठ, विकास सुवाल महर्जन र लक्ष्मी महर्जनविरुद्ध मुद्दा दायर गरिएको छ।

संस्थाका दुई सय ८२ बचतकर्ताले ३७ करोड तीन लाख ३१ हजार ३६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

संस्थाले बचतकर्ताको रकम जथाभावी घरजग्गामा लगानी गरेर बचत डुबाएको आरोप लागेको छ। पटक(पटक छलफल हुँदा पनि पैसा फिर्ता गर्न नसकेपछि मुद्दा प्रक्रिया अघि बढेको हो।


क्याटेगोरी : समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!