Techie IT
  • ११ फागुन २०८२, सोमबार
Nepal Gyan

वीरगञ्जमा पनि कर्फ्यू लगाइयो, रौतहटमा कर्फ्यु हट्यो


जनकपुरधामः जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू लगाएका हुन् ।

कर्फ्यू क्षेत्रमा आवत-जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।

रौतहटको सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटेको छ । नागरिक समाजको अगुवाइमा गौर(६ सबगढामा शान्ति सद्‍भाव र्‍याली निकालिएसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश हटाएको हो । कर्फ्यु हटेलगत्तै गौरको जनजीवन समान्य बनेको छ ।

बिहेको बाजालाई लिएर भएको झडपले उग्र रूप लिएपछि प्रशासनले शनिबारदेखि गौरमा कर्फ्यु आदेश जारी गरेको थियो । झडपको सुरुवात भएको क्षेत्रमा सद्‍भाव र्‍याली निकालेसँगै सोमबार बिहानदेखि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले सबगढा गाउँ परिक्रमा गरेको थियो । गाउँमा शान्ति कायम राख्न नागरिक समाजका अगुवासहित राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्‍याली निकालिएको प्रजिअ भुसालले जानकारी दिए ।

केही दिनदेखि अशान्त बनेको गौर र सबगढा क्षेत्र अहिले शान्त भएको छ । बिहेमा चर्को साउन्डमा बाजा बजाएको निहुँमा शुक्रबार दुई समुदायबीचको विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको थियो । दुवै पक्षबीच आइतबार जिल्ला प्रशासन कार्यालयमा सद्भाव कायम राख्ने सहमति भएपछि र्‍याली निकालिएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!