अकुत आर्जन गर्ने गोदावरीका इन्जिनियर विष्ट अख्तियारको फन्दामा
काठमाडौँ । करार सेवामा कार्यरत गोदावरी नगरपालिकाका इन्जिनियर सुवास विष्टले अकुत आर्जन गरेको पाइएपछि अख्तियारको टोलीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । हरेक योजनामा घुस लिने गरेको र छोटो समयमै अकुत आर्जन गरेको भन्ने उजुरी पछि छानबिन गर्दा उनले आर्जन गरेको पाइएको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इन्जिनियर सुवास विष्टविरुद्ध मङ्गलवार विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको छ ।
करार सेवामा कार्यरत विष्टले गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा रु एक करोड ९७ लाख १० हजार १५७ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार निजले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति बुबाको नाममा रहेको देखिँदा बुबा सुदर्शन विष्टउपर पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९२० बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी लुकाई छिपाइ राखिएको बिगो सम्पत्ति जफत गर्न माग दाबी लिइएको छ ।
क्याटेगोरी : विविध

प्रतिक्रिया