Techie IT
  • २३ माघ २०८२, बिहीबार
Nepal Gyan

कालोबजारी गर्ने माथि निगरानी, हदैसम्मको कारबाहीको हुने


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुमामा कालोबजारी गर्ने माथि निगरानी सुरु गरेको जनाएको छ । विभागले कालोबजारी गर्ने माथि हदैसम्मको कारबाहीको तयारी गरेको जनाएको छ ।

बजारमा सामाग्री आपूर्तिमा कालोबजारी गर्ने, मूल्य वृद्धि गर्ने र नाफा बढी राखेर आपूर्ति गर्ने माथि निगरानी सुरु गरेको जनाएको छ । राजनीतिक आडमा हुने गरेका गतिविधि अव व्यवसायीहरूले नगर्न समेत भनेको छ । सामाग्रीहरू उत्पादक कम्पनी, वितरक र आपुर्तीकर्ताहरुले बजारमा ठगी गर्ने गरेको पाइएको विभागको निष्कर्ष छ ।

उपभोक्ता माथि यसरी हुने गरेको ठगी नियन्त्रण गर्न विभागले कुनै कसुर बाँकी नराख्ने विभागले जारी गरेको प्रेस विज्ञप्ति उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, उत्पादक, पैठारीकर्ता र वितरकले तत्काल अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्नुहोला ।

कालोबजारी गर्ने माथि हदैसम्मको कारबाहीको तयारी

बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको हो । “खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकहरूलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्यवृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

विभागले पछिल्लो समय खाने तेल, ग्यास, चामललगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र आपूर्तिमा कमी आएको भन्दै उपभोक्ता तह तथा सार्वजनिक सञ्चारमाध्यमबाट आएका गुनासाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न विभाग निरन्तर प्रयत्नशील र प्रतिबद्ध रहेको विभागले स्पष्ट पारेको छ । यसका लागि अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवा प्रदायक फर्म तथा प्रतिष्ठानहरूमा अन्य निकायको सहयोगमा संयुक्त अनुगमन भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!