Techie IT
  • १ साउन २०८२, बुधबार
Nepal Gyan

बाढीले घर विहीन बनाएको परिवारलाई सोवरस् एक्सनद्वारा घर हस्तान्तरण


काभ्रेपलान्चोकको नमोबद्ध नगरपालिका–१  श्यामपाटीकी लीला थापाका लागि गत वर्ष २०८१ भदौ २१ गतेको रात जीवनकै दशा आइपर्‍यो । घर माथिबाट आएको पहिरोले घरबार त सिनित्तै बगायो । पापी पहिरोले घरको निशाना समेत नराखी घर बगायो अनि त्यो मात्र नभएर हुर्किएका एक छोरा र छोरीलाई समेत पहिरोमा गुमाउनु पर्‍यो ।

त्यसपछि घरबार विहीन भएर बिचल्लीमा परेका थापा परिवारका लागि दिनरात काट्न निकै कष्ट भोग्नु परेको थियो । थापा परिवारको बिचल्ली देखेपछि सामाजिक सेवामा तल्लीन सावर्स एक्सन नेपाल नामक संस्थाले घर निर्माण गरी दिएका छन् । संस्थाले आइतबार एक कार्यक्रमको आयोजना गरी थापा परिवारलाई घर हस्तान्तरण गरेको छ । लीला थापाको आँखाबाट खुसीको आँसु झर्‍यो उहाँ घरको चाबी हातमा लिँदै भन्नुभयो, अव मेरो जीवनमा खुसी पलायो सुखले जिउने कोसिस गर्नेछु ।

गत वर्षको भदौ २१ गते घरमाथिबाट आएको पहिरोले घरसँगै उहाँको जेठी छोरी ललिशा थापा र कान्छो छोरा कृष्ण थापाको ज्यान गएको थियो। पहिरोले घर पूर्ण रूपमा नष्ट भएपछि थापा परिवारलाई सावर्स एक्सन नेपालले १२ लाख रुपियाँ खर्चेर घर निर्माण गरी हस्तान्तरण गरेका हुन् ।

यो मात्र नभएर सावर्स एक्सन नेपालको विगत तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूको सहयोगका लागि काम गर्दै आएको सावर्स एक्सन नेपालका अध्यक्ष आचार्य पासाङ वाङ्दी शेर्पाले जानकारी दिनुभयो । गाँस र बाँस सँगै लत्ताकपडा अभावमै समस्या झेल्नु पर्ने पीडितहरूका लागि सहयोग गर्न पाउनु नै खुसी भएको बताउनुहुँदै अध्यक्ष लामाले आउने दिनहरूमा समेत यस्ता कार्यहरू गर्दै जाने बताउनुभयो ।

नमोबद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा समेतको उपस्थितिमा घर हस्तान्तरण गरिएको थियो ।

घर हस्तान्तरण कार्यक्रममा नमोबद्ध वडा नं १ का वडाध्यक्ष प्रेम लामा, थ्राङ्गु गुम्बा, नमोबद्धका अध्यक्ष खेन्पो छोञी रङ्डोल, उपाध्यक्ष लामा कर्म फुर्बु, नमोबद्ध ग्याङ गुठीका अध्यक्ष, लोब्साङ लामा समेत को उपस्थिति रहेको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!