Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
Nepal Gyan

प्रधानमन्त्रसँग फुटबल खेलाडी कार्लाेसको भेटघाट


प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ ।

विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उहाँको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गर्नुभयो । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताउनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : खेलकूद, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!